सुदूरपश्चिममा थपिए ३२ जना कोरोना संक्रमित, संक्रमितको संख्या सात हजार ३३४ पुग्याे

सुदूरपश्चिमका थप ३२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालासहित प्रदेशका चार वटा प्रयोगशालामा २४ घण्टामा चार सय ५५ जनाको कोरोना परीक्षण भएकोमा ३२ जनामा संक्रमण पुष्टि भएको हो।

सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६१ जनाको कोरोना परीक्षण भएकोमा २८ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका अनुसार धनगढी उप–महानगरपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा आज ६ जनामा कोरोना परीक्षण भएकोमा तीन जनामा संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज ७७ जनाको कोरोना परीक्षण भएकोमा अजयमेरुका एक जनामा संक्रमण पुष्टि भएको छ।

डोटी अस्पतालको प्रयोगशालामा ७० जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ भने बझाङ जिल्लाको अस्पतालको प्रयोगशालामा आज कोरोना परीक्षण हुन सकेको छैन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार तीन ३४ पुगेको छ। ६ हजार एक सय बढिले कोरोना जितेका छन् भने २१ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?