दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहित जोत्सना भट्ट जोशी हाजिर हुनुभएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरको शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा सरुवा भएपछि दार्चुला प्रशासन कार्यालयमा पहिलो पटक सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहित आउनुभएका भट्ट हाजिर हुनुभएको हो ।
प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार यसअघि दार्चुलामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पुरुष कर्मचारीले मात्र पाएका थिए ।
सोमबार दार्चुला आइपुगेका सहायक प्रमुख जिल्ला अधिकारी भट्टले मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएको छ ।




