हात कसरी धुने  ?

सकेसम्म साबुन पानीले मिचिमिची २० सेकेण्डसम्म हात धुनुपर्छ । हातमा धेरै नै फोहर भएको छ  भने ४० सेकेण्डसम्म नै धुनुपर्छ ।

साबुन पानी नभएको अवस्थामा भने पूरै हात भिज्ने गरी गुणस्तरीय स्यानिटाइजर दल्नुपर्छ । हात धेरै फोहर छैन, स्यानिटाइजर पनि छैन भने सफा पानीले मात्रै भए पनि हात धुन सकिने खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले बताउनुभयो । उहाँका अनुसार सफा पानीले मात्रै हात धुँदा पनि ८० प्रतिशत किटाणु नष्ट भएर जान्छ ।

यस्तै खरानी पानीले पनि मिचिमिची हात धोए किटाणु नष्ट हुने उहाँले बताउनुभयो । एक व्यक्तिले एक पटक हात धुँदा आधादेखि दुई लिटरसम्मको पानी प्रयोग गर्नु पर्ने खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण सर्नुमा हात पहिलो माध्यम बन्ने भएकाले नाक, मुख छुनुअघि हातलाई सफा गर्नुपर्छ । यस्तै हात धोइसकेपछि पनि यसलाई तौलिया, हावामा सुकाएर वा पेपरले राम्ररी पुछेर सुख्खा बनाउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको सुझाव छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?