बझाङमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षकी बालिकाको शव आफन्तले बुझ्ने भएका छन् ।

गएराति अबेर पीडित पक्ष र प्रशासनबीच क्षतिपूर्तिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने र घटनाका बारेमा थप अनुसन्धान जारी राख्ने सहमति भएपछि परिवारले आज शव बुझ्ने निर्णय गरेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

सहमतिपछि पीडित पक्षले बालिकाको हत्या भएको एक हप्तापछि शव बुझ्न राजी भएका हुन् । बालिकाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–२ का १८ वर्षका राजेन्द्र बोहरालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

बालिकाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?