खर काट्ने क्रममा लडेर युवकको मृत्यु

खर काट्ने क्रममा बुधबार भिरबाट लडेर बैतडीमा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन् ।

आमा बुवासंगै खर काट्न गएका धामीको बुधबार बिहान ११ बजेतिर स्थानीय कुलीवान भिरबाट लडेर ज्यान गएको सिगास गाउँपालिका-२ का वडाअध्यक्ष प्रेम सिंह धामीले जानकारी दिनुभयो ।

भिरबाट लडेर करिब २०० मिटर तल खसेका धामीको घटनास्थलमै मृत्यु भएको हो ।

आजभोली बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा खर काट्ने चटारो परेको छ ।

खर काट्ने बेला लडेर यहाँका नागरिकको अकालमै ज्यान जाने गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?