दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले वर्षाका कारण बाढी, पहिरो गएर अवरुद्ध बनेका गाउँपालिकाभरीका आठ वटा सडक खुलाउन बनेट विनियोजन गरेको छ ।
मालिकार्जुन गाउँकार्यपालिकाको बैठकले गाउँपालिकाभरी वर्षातका कारण बन्द रहेका सडकहरुलाई सञ्चालनमा ल्याउन पाँच लाख बजेट विनियोजन गरिएको हो । वर्षाका कारणले अवरुद्ध ऐरीछाना डाडाकोट सडक, मालिकार्जुन न्वालपानी सडक, धामीगाडा सेलिचामा सडक, रोपनाडी बाकु सडक लगायत सडक खण्डलाई तत्काल सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ । शंकरपुर जौलजिबी सडक, जौलजिबी संकरपुर सडक, मालिकार्जुन भण्डारीघर सडक र शंकरपुर गोठ्युडी सडकलाई समेत मर्मत सम्भार गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।
तीन महिनादेखि अवरुद्ध ग्रामीण सडकहरुलाई गाउँपालिकाबाट प्रविधिक खटाएर प्राबिधिक प्रतिबेदन तयार पार्ने र सोहि प्रतिवेदनको आधारमा सडकहरुलाई शुचारु गरिने गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले जानकारी दिनुभयो । गाउँकार्यपालिका बैठकले चालु आर्थिक वर्षमा निर्माण हुने योजनाहरुको समेत डिपिआर गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
यस्तै कोभिड १९ प्रभावलाई मध्यनजर गदैँ ५ सैयाँको अस्पताल सञ्चालनमा ल्याउने र सो का लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय भएको छ । वडा नम्बर १ र वडा नम्बर ७ मा आधारभुत स्वास्थ्य एकाइ सञ्चालनका लागि जनशतिm पदपुर्ति गर्ने लगायत विभिन्न निर्णय भएको गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया