दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका प्रतिभावान बालक मिलन टमटाले चर्चित कार्यक्रम ईन्द्रेणीमा गीत गाएर सबैलाई चकित पारेका छन् ।
सानै उमेरदेखि कलामा औधी रुचि राख्ने टमटाले १० वर्षकै उमेरमा अन्तराष्ट्रिय चर्चा कमाउन सफल कार्यक्रम ईन्द्रेणीमा गीत गाएर सबैको मन जित्न सफल भएका हुन् ।
गणेश विनायक माबि सिप्टीमा कक्षा ५ मा अद्ययनरत बाल कलाकार टमटाले राष्ट्रिय राजनीति देखि देश र समाजको चित्रण हुने गरी विभिन्न भाषा र विधाका गीत गाएपछि कार्यक्रम प्रस्तोता कृष्ण कडेल र बहुप्रतिभावान व्यक्तित्व रमेश प्रशाई लगायतले खुलेरै प्रशंसा गरेका थिए ।
दार्चुलाको मौलिक भाकादेखि सुदूरपश्चिममा गाइने चर्चित भाकाहरु र नेपाली भाषाको लोकप्रीय गीतहरु ईन्द्रेणीमा मिलनले सुनाएका थिए । आयुसा गौतम संग मिलनले धमकेदार दोहोरी गाएपछि कार्यक्रम रंगमञ्चमा परिणत भएको थियो ।
परिवारको आर्थिक अवस्था कमजोर रहेका मिलनले काठमान्डौँमा पढेर असल तथा ठूलो मान्छे बन्ने चाहाना राखेका छन् । उहाँले भन्नुभयो, बुबा (डेडी) ले काम गर्नुहुन्छ, तर दिनभरी काम गरेर साँझ खान पुग्दैन, रिण काडेर दार्चुलाबाट काठमान्डौँ आएको छु । उहाँले अनुरोध गर्दै थप्नुभयो, मलाई अगाडी बढाइदेउ, स्कुल पढाइदेउ ।
उहाँको प्रस्तुती, प्रतिभा र बिचार सुनेर ईन्द्रेणी कार्यक्रम प्रस्तोता कृष्ण कडेल र बहुप्रतिभावान व्यक्तित्व रमेश प्रशाई लगायत कार्यक्रममा सबैले सम्मानभाव व्यक्त गरेका छन् । बहुप्रतिभाका धनी मिलनलाई सहयोग गर्न रेडियो लोकदर्पण परिवार समेत सबै मनकारी व्याक्तित्वलाई अनुरोध गर्दछ ।
मिलन र आयुसाले गाएको दोहोरी सहित ईन्द्रेणी कार्यक्रम हेर्न तलको लिकंमा क्लीक गर्नुहोला।




