नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द सहित केही पदाधिकारीलाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य परिक्षणको क्रममा बुधबार अधयक्ष चन्दलाई कोरोना भएको पुष्टी भएको हो ।

चन्द क्यानको असोज ६ गते चितवनमा बसेको कार्यसमितीको बोर्ड बैठक सकेर केही दिन अघि काठमाडौं फर्किएका थिए ।

काठमाण्डौं फर्किएपछि चन्दको स्वास्थ्यमा केहि समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखीएसँगै चन्दले कोरोना परिक्षण गराएको र रिपोर्ट पोजेटिभ आएको बताईएको छ ।

चन्द काठमाडौंको एक होटेलमा क्वारेन्टिनमा छन् भने उनीसंग सम्पर्कमा आएकाहरुको पनि कोरोना परिक्षणको क्रम सुरु भएको छ ।

यस्तै चितवनको बैठक सकेर काठमाण्डौं फर्किएका सचिव अशोकनाथ प्याकुरेललाई पनि कोरोनाको लक्षण देखिएको थियो । प्याकुरेल चितवनबाट फर्कनासाथ आइसोलेसनमा बसेका थिए ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?