बैतडीमा कोरोना संक्रमितको संख्या ४१० पुगेको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा कोरोना पुष्टि भएसंगै बैतडीका संक्रमितको संख्या ४१० पुगेको हो ।

आज पुष्टि हुनेमा सुर्नया गाउँपालिका ५ का ३३ बर्षीय पुरुष रहेका जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुने ती पुरुष भारतबाट फर्किएर होम क्वारेन्टाइनमा रहेका थिए।

जिल्लामा ४१० जनामा संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म जिल्लाको पञ्चेश्वर गाउँपालिकाका सबैभन्दा बढी ६१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दशरथचन्द नगरपालिकाका ५६, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, पाटन नगरपालिकाका ४९ ,दोगडाकेदार गाउँपालिकाका ४६ जनामा संक्रमण पुष्टि भईसकेको छ ।

यस्तै मेलौली नगरपालिकाका ३६, सुर्नया गाउँपालिकाका २९, पुर्चौंडी नगरपालिकाका २० र डिलाशैनी गाउँपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

बैतडीका दुई स्थानीय तह सिल

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहहरुलाई सिल गरिएको छ। जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो।

मेलौली नगरपालिकाका गाडीका चालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि भएसंगै असोज १३ देखि असोज १७ गते राती १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गरिएको प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टले बताउनुभयो ।

यस्तै पुर्चौडी नगरपालिका क्षेत्रलाई पनि असोज ११ गतेदेखि अनिश्चितकालका लागि सिल गरिएको छ। भारतबाट फर्किएका एकजनाको कोरोनाका कारण मृत्यु भएको र ८ जना नयाँ संक्रमित थपिएपछि नगरक्षेत्र सिल गर्ने निर्णय भएको  प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दले जानकारी दिनुभयो ।

सिल भएको अवधिमा स्वास्थ्य र आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहेका दुुवैै स्थानीय तहहरुले जनाएका छन्।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?