महाकाली नगरपालिकाको गल्फै र ऐरानमा निशेधाज्ञा (आदेश पत्रसहित)

दार्चुला । महाकाली नगरपालिकाका तीन जना महिला र ११ जना पुरुषमा विहिबार कोरोना पुष्टि भएपछि महाकाली नगरपालिका वडा नम्बर ५ को बसपार्क क्षेत्रदेखि धौलिगाड खोला अर्थात गल्फै र ऐरानको सम्पूर्ण क्षेत्रमा निशेधाज्ञा जारी गरिएको छ ।

जिल्ला अस्पताल बैतडीको कोरोना परीक्षण प्रयोगशालामा उक्त क्षेत्रका केहि स्थानीयहरुमा कोरोना पुष्टि भइपछि समुदाय स्तरमा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै असोज १५ गते बेलुकी सात बजेदेखि लागुहुने गरी अनिश्चितकालिन निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

निशेधाज्ञा नहटदासम्म अत्यावश्यकीय सेवा बाहेक सामाजिक दूरी कायम गरी डेरी तरकारी, फलफूल, खाद्य सामाग्रीका पसलहरु विहान सात बजेदेखि ९ बजेसम्म र बेलुकी साढे ५ बजेदेखि साढे छ बजेसम्म खुला गर्ने निर्णय गरिएको छ ।

यो समयमा औषधी पसलहरु भने २४ औ घण्टा खुला रहने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलद्धारा जारी निशेधाज्ञा आदेशमा उल्लेख गरिएको छ ।
निशेधाज्ञाको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारीद्धारा जारी भएको निशेधाज्ञा आदेश

दार्चुलामा एकैदिन १५ जनामा कोरोना संक्रमण

दार्चुलामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार तीन जना महिला सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये महाकाली नगरपालिकाका तीन जना महिला र ११ जना पुरुष तथा लेकम गाउँपालिकाका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

महाकाली नगरपालिकाका कोरोना संक्रमण देखिएकाहरु मध्ये ४ जना सशस्त्र प्रहरी र १० जना कन्टेक्याट टे«सिङमा परेका रहेका छन् भने लेकममा कोरोना पुष्टि भएका ब्यक्ति भारतबाट आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यो संगै दार्चुलामा कुल कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । जसमध्ये ८० जनाले कोरोना जितेका छन् भने १९ जना संक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?