दार्चुला । सुदूरपश्चिममा भारतीय सीमा नाका बन्द हुँदा पेन्सनधारी कर्मचारीलाई समस्या भएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैतदेखि बन्द गरेका सीमा नाका नखुलेपछि दार्चुला, बैतडी सहित सुदूरपश्चिमका पेन्सनधारी कर्मचारी समस्यामा परेका हुन्।

भारतीय सेना, विभिन्न सरकारी सेवा गरेर सेवा निवृत्त भएका नेपालीलाई सीमा नाका बन्दका कारण पेन्सन बुझ्न समस्या भएको भुतपूर्व सैनिक संघ दार्चुलाका अध्यक्ष तुला गिरीले जानकारी दिनुभयो । पेन्सन बुझ्न भारत जान नपाउँदा धेरैलाई घर खर्च चलाउन समेत मुस्कील हुन थालेको उहाँले बताउनुभयो ।

पेन्सनधारी कर्मचारीलाई लक्षित गरी नाकामा आवागमन सहज गर्न स्थानीय प्रशासनलाई आग्रह गर्दा समेत माग सुनवाई नभएको पेन्सनधारी सैनिकहरुको गुनासो छ ।

पेन्सनधारीको समस्यालाई मध्यनजर गरेर दार्चुला र बैतडीका तीन वटा सीमा नाका तीन महिला पहिले तीन दिनका खोलिएको भएपछि आधाभन्दा बढीले त्यो समयमा पेन्सन बुझ्न नपाएको गुनासो छ ।

दार्चुला र बैतडीमा गरी झण्डै दुई हजार भारतीय पेन्सनधारी कर्मचारी रहेको भएपनि नाका खोल्दा आधा भन्दा बढीले पेन्सन बुझ्न नपाएको र पेन्सन बुझेकाहरुको समेत खर्च भैसकेको भूपु सैनिकहरुको गुनासो छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?