बैतडीको दोगाडाकेदार गाउँपालिकामा भटिएको डिएपी मल बनाउने फस्फोराईट खानी उत्खनन गर्न संघीय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट दोगडाकेदार आईपुग्नु भएको छ ।
शनिबार सिम्रीक एयरको हेलिकोप्टरमार्फत दोगाडाकेदार गाउँपालिकाको बसौरामा ओर्लिएका मन्त्री भट्टलाई गाउँपालिका अध्यक्ष चक्र कार्की लगायतका जनप्रतिनिधिले स्वागत गर्नुभएको छ ।
खानी उत्खनन गर्न भू गर्भ विभागको टोलीलाई गाउँपालिका र स्थानीयवासीले सहयोग गर्न मन्त्री भट्टले अनुरोध गर्नुभयो । सरकारले दुई वर्षभित्र उद्योग कलकारखाना स्थापना गरेर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नेढंगले काम गरिरहेको मन्त्री भट्टकाे भनाई छ ।
बैतडीको दोगडाकेदार ७ र ३ नम्बर वडाको बसौरामा भेटिएको फस्फोराईट खानी उत्खनन गर्न भूगर्भ विभागका बरिष्ठ भूगर्भविद्को १५ जनाको टोलीले ड्रिलङ गर्ने उपकरणसहित दोगडाकेदार आईपुगेको छ ।
शनिबारदेखि नै खानीमा प्वाल पर्नेकाम सुरु भएको छ । उत्खनन गर्ने टोली ५५ दिनसम्म दोगडाकेदार गाउँपालिकामा बस्ने गाउँपालिकाले जनाएकाे छ ।






प्रतिक्रिया