पुर्चौडी नगरपालिकामा गरिएको सिल साेमबारदेखि खुल्ने

एक हप्तादेखि सिल गरिएको पुर्चौडी नगरपालिका क्षेत्र भोली साेमबारदेखि खुल्ने भएको छ । असोज ११ गतेदेखि जारी गरिएको अनिश्चितकालिन सिल भोली असोज १९ गतेदेखि खुल्ने भएको हो ।

भारतबाट फर्किएका एक जनाको कोराना संक्रमणका कारण मृत्यु भएपछि नगरक्षेत्र सिल गरिएको थियो । पुर्चौडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बमको अध्यक्षतामा आईतबार बसेको आकस्मिक बैठकले साेमबारदेखि सिल खोल्ने निर्णय गरेको हो ।

नगरक्षेत्रमा कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएकोकोले भोलीदेखि नगरक्षेत्रमा गरिएको सिल खोल्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिनुभयो । भोलीदेखि बन्द रहेका नगरक्षेत्रका सम्पूर्ण कार्यालय, व्यापार, व्यशायाय स्वास्थ्यका मापदण्ड अपनाएर खुल्ने छन्।

असाेज ७ गतेदेखि सञ्चालन भएर ११ गतेदेखि बन्द रहेका विद्यालय सञ्चालनका लागि भने नगर शिक्षा समितिको अगामी बैठकले निर्णय गर्ने प्रमुख प्रशासकीय अधिकृत चन्दले बताउनुभयाे ।

उता मेलौली नगरपालिकामा पनि असोज १३ गतेदेखि सिल गरिएको नगरक्षेत्र शनिबार राती सम्पन्न भएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकाका पनि एक कर्मचारीमा कोरोना देखिएपछि कार्यालयले प्रदान गर्ने आकस्मिक बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएकाे छ ।

काेराेनाकाे जाेखिम कायमै रहेकाेले स्वास्थ्य सुरक्षा सतर्कताका उपायहरु अपनाउन स्थानीय तहहरुले अनुराेध गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?