कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
हुलाकी राजमार्ग अन्तरगत जिल्लाको पुनरवास नगरपालिका वडा नम्वर १ स्थित बलभद्र बस्तीमा स्थानीय मदन तामाङले चलाएको से ६ प २९२८ नम्वरको मोटरसाइकलले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाका अनुसार ७० बर्षीय स्थानीय सिंहबहादुर तामाङको मृत्यु भएको छ।
उहाँको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थापाले बताउनुभयो ।
अर्का पैदल यात्री ५५ बर्षीय बलवहादुर तामाङ पनि सोही मोटरसाईकलको ठक्करबाट घाईते भएका छन्। उहाँको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ।





प्रतिक्रिया