दार्चुला । दार्चुलामा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ६ सल्लेरी कालाकाडको भीरमा बाटो निर्माणका क्रममा ढुङ्गा लागेर कामदारको मृत्यु भएको हो ।
मृत्यु हुनेमा व्याँस गाउँपालिका वडा नम्बर ६ पन्तोलीका अन्दाजी ५८ वर्षीय जय सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मंगलवार (आज) विहान घोरेटो बाटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर धामीको मृत्यु भएको हो ।




