महाकाली नदी नियन्त्रण आयोजना दार्चुलाका प्रमुख फेरिएका छन् । महाकाली नदी नियन्त्रण आयोजना प्रमुख रण बहादुर बमको महाकाली सिचाँई आयोजना महेन्द्रनगर सरुवा भएको हो ।

बमले एक वर्ष एक महिना महाकाली नदी नियन्त्रण आयोजनाको प्रमुख भई काम गर्नुभएको थियो ।
उहाँको ठाउँमा विभागबाट शोभाकर पौडेल सरुवा भई आएको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ ।

२०७० सालमा महाकाली नदीमा बाढी आउदा जिल्ला सदरमुकाम खलंगामा ठूलो क्षती भएको थियो । खलंगालाई जोगाउन आर्थिक वर्ष २०७१÷७२ सालबाट सुरु भएको आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

लास्कुखोला देखि नमस्कारसम्मको साढे चार किलोमिटर क्षेत्रमा पक्की तटबन्ध र महाकाली नदि किनाराका अन्य क्षेत्रमा ग्याभिन तारजाली मार्फत तटबन्धको काम भइरहेको छ ।

हालसम्म आयोजनाको ८२ प्रतिशत भौतिक प्रगति भएको छ ।

पाचँ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको आयोजनाको काम निर्धारित समयमा नसकिएपछि तीन वर्ष समयावधी थप गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?