दार्चुलाका ८ र बैतडीका ९ ओटा स्थानीय तहमा अस्थायी कोभीड अस्पताल बन्ने भएका छन् । कोरोना भाईरसको बढ्दो जोखिमलाई ध्यानमा राखेर अस्थायी कोभीड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

संघीय सरकारले अस्पताल नभएका स्थानीय तहहरुमा अस्थायी कोभीड अस्पताल निर्माणका लागि बजेट पठाईसकेको छ । बैतडी जिल्लाका ९ स्थानीय तहमा ५ बेडका अस्थायी कोभीड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

स्थानीय तहहरुमा अस्थायी कोभीड अस्पताल निर्माणका लागि १० लाखका दरले बजेट पठाइएको छ । बैतडीमा दशरथचन्द नगरपालिका बाहेकका सबै स्थानीय तहमा ५ बेडका अस्थायी कोभीड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना भाईरसको जोखिम बढ्दै गएकाले कोरोनाका बिरामीहरुको उपचारका लागि अस्थायी कोभीड अस्पताल निर्माणको अवधारणा ल्याइएको हो ।

दोगडाकेदार गाउँपालिका, पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको समेत माग गरिसकेका छन् ।

दार्चुलाको पनि महाकाली नगरपालिका बाहेकका आठ स्थानीय तहमा कोभिड अस्पताल निर्माणको तयारी भइरहेको छ ।

नौगाड गाउँपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिका लगायत विभिन्न स्थानीय तहले कोभिड अस्पताल निर्माणका लागि आवश्यक प्रकृया शुरु गरिएको जनाएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?