सेती नदीमा पौडी खेल्न गएका बालकको डुबेर ज्यान गयो

सेती नदीमा पौडी खेल्न गएका एक बालकको डुबेर ज्यान गएको छ। मंगलबार थलारा गाउँपालिका वडा नम्बर ९ मालुमेलास्थित सेती नदीमा ९ वर्षीय बालक दिवश खड्काको डुबेर ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारी अनुसार बिहान घरबाट निस्केका विवशको दिउँसो कसैले खोजी नगरेको र बेलुकी ६ बजे खोजीका क्रममा शव फेला परेको जनाइएको छ।

विवशले नहाउन भनी कपडा खोलेर किनारमा राखेको हुँदा डुबेर ज्यान गएको हुनसक्ने प्रहरीको भनाई छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?