एकैदिन ३,४३९ जनामा कोरोना संक्रमण, नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार नाघ्याे

नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार नाघेकाे छ । गएकाे २४ घण्टामा तीन हजार चार सय ३९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार सात पुगेकाे हाे ।

अहिलेसम्म ९४ हजार दुई सय ५३ जनामा काेराेना सङ्क्रमण भएकाेमा ६८ हजार ६ सय ६८ जना निकाे भएसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार नाघेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार १४ हजार दुई सय नाै जनाकाे पीसीआर परीक्षण गरेकाेमा ३४ सय ३९ जनामा काेराेना पुष्टि भएकाे छ । याे सङ्ख्या दैनिक विवरणमा अहिलेसम्मकै धेरै हाे ।

यस्तै बुधबार १५ जनाकाे ज्यान गएसँगै ज्यान गुमाउनेकाे सङ्ख्या पाँच सय ७८ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?