दार्चुला । सुदूरपश्चिम प्रदेशमा एसपी सहितका दुई सय ३५ जना प्रहरीलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबरा सहितका दुई सय ३५ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले सबैभन्दा बढि कैलालीका ७० जना प्रहरी कर्मचारीमा संक्रमण देखिएको उहाँले बताउनुभयो ।

उनका अनुसार कैलालीमा संक्रमण पुष्टि भएका मध्ये ५५ जना सक्रिय संक्रमित छन् भने १५ जनाले कोरोना जितेका छन्। कैलालीका सहितका जिल्लामा गरेर ९५ जना सक्रिय संक्रमित रहेको प्रहरी वरिष्ठ उपरिक्षक सिहले जानकारी दिनुभयो ।
एक सय ४० जना प्रहरी कर्मचारीले कोरोना जितेका छन्।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?