दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ७ खोल्सीमा खर काट्ने क्रममा ढुगां लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खोल्सीका स्थानीय अन्दाजी ३२ वर्षीया नारा देबी धामी रहेको मृतकका आफन्त दिनेश सिह धामीले जानकारी दिनुभयो ।
विहिबार बिहान ९ बजेतिर खर काट्ने क्रममा माथिबाट खसेको ढुगां लागेर धामीको मृत्यु भएको हो ।
मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेको र परिवारमा एक छोरा र एक छोरी रहेका छन् ।




