दार्चुला । दार्चुलामा थप दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मालिकार्जुन गाउँपालिकाका दुई जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिनुभयो ।

आज डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाको मालिकार्जुन गाउँपालिकाका २ जना,बैतडीको पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका एकएक जना,डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जना र डडेल्धुरा अस्पतालका एक जनामा पनि कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज भुसालले जानकारी दिनुभयो ।

उहाका अनुसार पछिल्लो २४ घण्टामा ३६ जनाको परीक्षण गरिएकोमा ७ जनामा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?