बैतडीमा  जिप दुर्घटना हुँदा १० जना समान्य घाइते भएका छन् । पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउ तर्फ जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप दुर्घटना हुँदा १० जना समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका ४ का ४५ बर्षीय बलबीर सार्की, २८ बर्षीय प्रेम सार्की, ६२ बर्षीय बहादुरराम सार्की, २६ बर्षीय अर्जुन सार्की रहेका छन् । यस्तै सोही ठाउँका २६ बर्षीय अर्जुन सार्की, ६६ बर्षीय रामीराम सार्की, २८ बर्षीय राजेन्द्र सार्की, २७ बर्षीय राइजनराम सार्की, ३१ बर्षीय सुरेशराम सार्की र २८ बर्षीय सुरेश सार्की पनि घाइते भएका छन् ।

घाइतेहरुलाई आम्चोरा स्वास्थ्यचौकीमा समान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब ५० मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?