बाजुरामा सुत्केरी व्यथा लागेपछि अस्पताल लैजादै गर्दा बाटोमै महिलाको मृत्यु

बाजुरा । बाजुरामा सुत्केरी व्यथा लागेपछि अस्पताल लैजादै गर्दा महिलाको मृत्यु भएको छ।

जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ४ कुरुमा सुत्केरी व्यथा लागेपछि अस्पताल लैजाने क्रममा २३ वर्षीय अम्बकला रोकायाको बीहिबार राति मृत्यु भएको वडाध्यक्ष राजन रोकायाले वताउनुभयो ।

रोकायालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाने क्रममा मृत्यु भएको उनले बताए। गाँउमा प्रसुती सेवा केन्द्र नहुँदा आफन्तले बोेकेर पाँच घण्टाको दुरीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बोकेर लैजादै थिए ।

सुत्केरी ब्यथा लागेकी उनलाई गाँउमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँ प्रसुती सेवाका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी नभएका कारण कोल्टी पठाईएको थियो।

कुरु गाँउमा प्रसुती केन्द्र स्थापना नहुदा त्यहाँका महिलाहरुले समस्या भोग्दै आएका छन्। यो वर्ष मात्र प्राथमिक स्वास्थ्य केन्द्र लैजाने क्रममा दुई सुत्केरी महिलाको बाटोमै मृत्यु भईसकेको छ ।

अध्यक्ष रोकायाले कार्यपालिका बैठकमा बुढिनन्दा नगरपालिका ४ को स्वास्थ्य आधारभुत इकाईमा प्रसुती केन्द्र स्थापना गर्नुपर्ने माग गर्दै आएको भएपनि वेवास्ता गरिएको बताउनुयो ।

बाजुरामा गत वर्ष मात्र सुरक्षित प्रसुती सेवा नपाएकै कारण पाँच जना सुत्केरीको मृत्यु भएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?