मार्माबाट ३१ हजार नगद सहित नौँ जना जुवाडे पक्राउ

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर २ घट्टेबगडबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ३१ हजार ६५ रुपैँया नगद र दुई गड्डी तास सहित नौँ जना जुवाडेलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरी टोलीले शुक्रबार राती जुवा खेलिरहेको अवस्थामा स्थानीय नौँ जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक कमल बहादुर बिष्टले जानकारी दिनुभयो ।

पक्राउ परेका जुवाडे मार्मा गाउँपालिका वडा नम्बर २ कै स्थानीय रहेकोे प्रहरीले जनाएको छ । स्थानीय गणेश महराको पसलमा जुवा खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्रन सफल भएको हो ।

पक्राउ परेका जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको छ ।

नगद र तास सहित पक्राउ परेका उनिहरु विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?