कञ्चनपुरमा दुई जना मृत भेटिए

कञ्चनपुरमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत भेटिएका छन्।

जिल्लाको कृष्णपुरन नगरपालिका र महाकाली नगरपालिकामा दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले कृष्णपुर नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय रमेश राना र महाकाली नगरपालिका वडा नम्बर १ को पशुपति टोलकी ३५ वर्षकै तुलसीदेवी सुनार मृत भेटिएको बताउनुभयो ।

रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ भने सुनारको शव परीक्षणपछि आफन्तले बुझेका छन्।

उनीहरु दुवै जना झुण्डिएको अवस्थामा मृत भेटिएको बताउँदै प्रहरी नायब उपरिक्षक थापाले घटनाको अनुसन्धान भईरहेको जानकारी दिनुभयो

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?