दार्चुला । सुदूरपश्चिममा आईतबार थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलाली, कञ्चनपुर र बैतडीका गरी ७७ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै कैलालीकै लम्किचुहा नगरपालिकाका १० जना, टीकापुर नगरपालिकाका १० जना, गौरीगंगा नगरपालिका–१ का ४ जना, गोदावरी नगरपालिकाका ३ जना र भजनी नगरपालिका–५ का २ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो ।

त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ७ जना, पुर्नरवास नगरपालिका र भीमदत्त नगरपालिकाका ४र४ जनामा भाइरसको संक्रमण देखिएको छ।

त्यस्तै बैतडी सुर्नया गाउँपालिका–१ का एक जनामा पनि कोरोना पुष्टि भएको बताइएको छ।

पछिल्लो २४ घण्टामा ४६२ जनाको कोरोना परीक्षण गरिएको बताइएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?