दार्चुला । जिल्ला सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वारटर दार्चुलाका गणपति एबं सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम नेतृत्वको टोली व्याँस गाउँपालिका वडा नम्बर १ मा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरु प्रस्थान गरेको छ । सीमा क्षेत्रको निरीक्षण भ्रमण र छाङरुमा बन्दै गरेको सशस्त्रको भवन तथा गुल्मको अवलोकन गर्न एसपी बम नेतृत्वको सशस्त्र प्रहरी टोली आज बिहान खलंगाबाट छाङरु प्रस्थान गरेको हो ।

दुई हप्ता पहिले देखि व्याँस गाउँपालिका वडा नम्बर १ छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको भवन निर्माणको काम भइरहेको छ । व्याँस गाउँपालिकाको गागामा बाह्रै महिना बस्न मिल्ने गरी गुल्मको अत्याधुनिक भवन निर्माणको काम सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

हेलिकोप्टरमार्फत सामाग्री ढुवानी गरेर १० करोड लागतमा सुविधासम्पन्न ४० कोठे भवन निर्माणको काम थालिएको हो । भारतले अतिक्रमण गरेको कालापानी भन्दा झण्डै १३ किलोमिटर तल छाङरुमा सशस्त्र प्रहरीको भवन निर्माण हुन लागेको हो ।

हिउँदमा हिमपात हुने भएकोले हिउँद शुरु हुनुभन्दा पहिले नै एक तलाको निर्माण कार्य सक्ने गरेर तिब्र गतिमा काम गरिने सशस्त्रले जनाएको छ । उक्त ४० कोठे भवन एक वर्षभित्रै बनाइसक्ने लक्ष्य रहेको छ ।

गत असोज ९ गते गृहमन्त्री रामबहादुर थापा बादलले भवनको शिलान्यास गर्नुभएको थियो । यस्तै तिंकरमा सशस्त्र प्रहरीको बीओपी भवन निर्माणका लागि एक करोड बजेट विनियोजन गरिएको छ । कौवा र तिकंरमा सशस्त्रको बीओपी थप गर्ने तयारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

हालसम्म लाली, जौलजिबि, दत्तु, दुम्लिङमा सशस्त्रको बीओपी, खलंगामा गण र छाङरुमा गुल्म राखिएको छ । सीमामा सशस्त्र प्रहरीको उपस्थिति बढेसंगै चोरी, तस्करी र सीमा नाकामा हुने अबैध कारोबारका साथै अपराधिक गतिविधिमा कमी आएको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?