कञ्चनपुरमा गाडेको अवस्थामा शव फेला

कञ्चनपुर । कञ्चनपुरमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को गौडी खोलाको डिलमा गाडेको अवस्थामा ३५ वर्षीया लक्ष्मी भनिने कलावतीदेवी खुनाको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले आज बिहान उनको शव फेला परेको जानकारी दिनुभयो ।

मंगलबार खोलामा माछा मार्न गएकी खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाको अनुसन्धानका लागि उनका देवर २६ वर्षीय मानसिंह खुनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक थापाले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?