सर्वोच्चद्वारा लोकसेवाको विज्ञापन रोक्न अन्तरिम आदेश

सर्वाेच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

आयोगले यही असोज २९ गतेका लागि प्रकाशित गरेको नेपाल विविध सेवा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको लागि आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिका लागि गरेको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

लिखित परीक्षामा प्रतिस्पर्धात्मक रूपमा सामेल भई उत्तीर्ण भएका तीन जनाको २०७७ असार ३१ गतेका लागि अन्तर्वार्ताको मिति तोकिए पनि कोरोना भाइरसका कारण देशभर लकडाउन भएकाले अन्तर्वार्ता नै स्थगनको सूचना जारी भएकोमा स्थगित परीक्षा असोज २९ गते गर्ने सूचना जारी गरेको थियो ।

तर लिखितमा नाम निस्कने मध्येका एक जना प्रतिस्पर्धीमा संक्रमण देखिएपछि आइसोलेनमा बसेका बेला आयोगले नयाँ परीक्षाको सूचना जारी गरेपछि उनी सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले उनको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलाशले नयाँ विज्ञापन प्रकाशन गर्ने निर्णय रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

लोक सेवाको विज्ञापनको लिखित परीक्षा नतिजा प्रकाशनसम्मको सम्पूर्ण प्रकृया रद्द गर्ने सूचना हाललाई यथास्थानमा राख्न सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?