निर्मला प्रकरणमा निलम्बित डिएसपी जिसीको निलम्बन फुकुवा

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बनमा परेका प्रहरी नायब उपरीक्षक अंगुर जिसीको निलम्बन फुकुवा भएको छ ।

निर्मला बलात्कार–हत्यामा यातना दिएर दिलीपसिंह विष्टलाई बयान गराएको आरोपमा जिसी निलम्बनमा परेका थिए । गत साउन १५ गते जिल्ला अदालत कञ्चनपुरले उनीसहित मुद्दा परेका अन्य आठै जनालाई सफाइ दिएको थियो । सफाइ पाएसँगै जिसीले पुनर्वहालीका लागि गृहमा निवेदन दिएका थिए ।

गृह मन्त्रालयले विहीवार डिएसपी जिसीको निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको हो । गृहले निलम्बन फुकुवाको चिठी आज पठाएको प्रहरी प्रवक्ता कुवेर कडायतले पुष्टि गर्नुभयो । कानुन शाखाले प्रशासनलाई पत्र लेखेपछि डिएसपी जिसी काममा फर्कने उहााले बताउनुभयो ।

उनीसँगै निलम्बनमा परेका डिएसपी ज्ञानबहादुर सेठी र सई हरिसिंह धामी भने रिटायर्ड भइसकेका छन् । उनीहरूलाई नियमअनुसार निलम्बन अवधिको पेन्सन पट्टाको व्यवस्था मिलाइने कडायतले बताउनुभयो ।

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा २०७५ साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । तर उनको वास्तविक हत्यारा भने अहिलेसम्म फेला परेको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?