दार्चुला । जुवातास खेलिरहेको अवस्थामा असोज २३ गते राती मार्मा गाउँपालिका २ घट्टेबगडबाट पक्राउ परेका स्थानीय ९ जना जुवाडे जनही १३ हजार धरौटी रकम तिरेर छुटेका छन् ।

घट्टेबगड स्थित स्थानीय गणेश महराको पसलमा जुवातास खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाएको थियो ।

विहिवार जिल्ला प्रशासन कार्यालय दार्चुलामा जनही १३ हजारका दरले एक लाख १७ हजार रुपैया धरौटी रकम बुझाएर ९ जनालाई नै तारिखमा छोडिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।

प्रहरीले उक्त दिन उनीहरुको साथबाट नगद रु ३१ हजार ६५ रुपैया र २ गड्डी तास समेत बरामद गरेको थियो ।

दार्चुलामा पछिल्लो समय दशैं, तिहार र छठको अवसरमा हुनसक्ने अपराधिक कृयकलापहरुको नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको जनाएको छ ।

चाडपर्वको समयमा हुनसक्ने घटना र विकृतिहरुलाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागु गरिएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?