दार्चुला । लेकम गाउँपालिका वडा नम्बर २ गाडागाउँमा भीरबाट लडेर एक जना बृद्धको मृत्यु भएको छ ।
शुक्रबार बेलुकी घर नजिकैको भीरमा खर काट्न गएका गाडागाउँका ७७ वर्षीय नन्दराज भट्टको भीरबाट खसेर मृत्यु भएको मृतकका आफन्त श्यामराज भट्टले जानकारी दिनुभयो ।
खर काट्ने क्रममा भीरबाट खसेका भट्ट बेलुकी ५ बजेतिर मृत अवस्थामा फेला परेका हुन् ।
मृतकका छोराहरु केशव भट्ट र भिम भट्ट नेपाल प्रहरीमा कार्यरत रहेको र घटनाबारे थाहा पाइसकेपछि घर फर्किरहेको स्थानीय श्यामराज भट्टले बताउनुभयो ।





प्रतिक्रिया