दार्चुलामा शनिवार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बैतडी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा लेकम गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका व्याक्ति केहि दिन पहिले भारतको बैंङ्गलोरबाट फर्किएका थिए ।
संक्रमित पुरुष भारतबाट फर्किएपछि परिवारका अरु सदस्यसंगै घुलमिल भएर बसेको बताइएको छ । संmत्रमण पुष्टि भएको र होम आइसोलेसनमा बस्ने वातावरण नभएकोले आइतबार आइसोलेसनमा बसाल्ने तयारी भइरहेको लेकम गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको कन्ट्र्याक्ट ट्रेसिङ गरेर कोरोना परीक्षण गरिने गाउँपालिकाले जनाएको छ ।
यसअघि लेकम गाउँपालिकामा चार जनामा संक्रमण पुष्टि भएकोमा सबै कोरोना मुक्त भइसकेका छन् । यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा मार्मा गाउँपालिकाका थप तीन जनामा कोरोना भाईरस संक्रमण पष्टि भएको छ ।
शनिबार चार जना संक्रपमत थपिए संगै दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक सय ९८ पुगेको छ । संक्रमितमध्ये आठ जना मात्रै आइसोलेसनमा रहेका छन् ।
महाकाली नगरपालिका वडा नम्बर ४ र ५ मा संक्रमित बढ्दै गएकोले संक्रमणको जोखिम समुदायमा थप फैलिन नदिन जिल्ला सदरमुकाम खलंगामा निषेधाज्ञा जारी गरिएको छ ।
दशैँ शुरु भएसंगै गृह मन्त्रालयले दार्चुला सहित ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ ।
सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो ।
गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको जानकारी दिनुभयो ।




