कैलाली। कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ ।
जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परका र सँगै गस्तीमा रहेका हबल्दार बेपत्ता रेहेका छन् ।
हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेको कैलालीका एसएसपी मुकेश सिंहले जानकारी दिनुभयो । असईको शव मोहना नदीमा फेला परेको छ ।
उहाँ बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीले बताएका छन । कसैले घेरा हालेर हत्या गरेको आशंका प्रहरीले गरेको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।




