कैलाली । धनगढीको मोहना नदी किनारमा भेटिएको शव वेपत्ता प्रहरीको भएको खुलेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले मोहना नदीको किनारमा घोप्टो अवस्थामा भेटिएको शव वेपत्ता प्रहरी सहायक निरिक्षक गोविन्द बिकको भएको खुलेको जानकारी दिनुभयो ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को जुगेडा स्थित अस्थायी प्रहरी विटको इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक (असई) बिकको घाँटीमा चोट रहेको उहाँले बताउनुभयो ।
विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको छ भने बिकसँग रहेको हतियार फेला परेका छैन् ।
बिक शनिबार साँझ ८ बजे डिउटीमा खटिएका बेला वेपत्ता भएका थिए । बिकको हत्या आशंका गरिएको छ ।
यस्तै उहाँसंगै डिउटीमा खटिएका बेला वेपत्ता भएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था भने अज्ञात रहेको छ ।
उहाँको खोजी कार्य जारी रहेका प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताउनुभयो ।




