दार्चुला । दार्चुला प्रहरीले अवैध यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ ।

एक करोड ७५ लाख ५९ हजार मूल्य बराबरको अवैध यार्सागुम्बासहित शनिबार दिउँसो एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

दार्चुला सदरमुकाम खलंगास्थित पुलघाटबाट १७ किलो ५१ ग्राम अवैध यार्सागुम्बासहित हुम्लाको नाम्खा गाउँपालिका–३ का ३५ वर्षीय डोकार लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

रातो प्लाष्टिकमा बेरेर राखेको अवस्थामा पाँच वटा पोकाहरुमा उक्त परिमाणको अवैध यार्सागुम्बा फेला परेको प्रहरीले जनाएको छ ।

दार्चुला सदरमुकाम बन कार्यालयको क्षेत्र भएकोले पक्राउ परेका लामा र यार्सागुम्बालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुलाको जिम्मा लगाइएको प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।

अपि नाम्पा संरक्षण क्षेत्र अन्तरगत हिमाली पाटनहरुमा यार्सा पाइने गरेको छ । यो वर्ष कोरोना भाइरसको जोखिम हुनसक्ने भन्दै अपि नाम्पा संरक्षण क्षेत्रले यार्सागुम्बा पाइने पाटनहरुमा गएर यार्सा संकलन गर्न रोक लगाएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?