नेपाल भारत सीमा क्षेत्रमा हत्या गरिएको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक असई गोविन्द विकको शव आफन्तले बुझेका छैनन् ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ को अस्थायी प्रहरी बिट जुगेडामा इन्चार्जको रुपमा कार्यरत विकको धारिलो हतियार प्रयोग गरी मोहना नदीमा फालेको अवस्थामा हिजो बिहान शव फेला परेको थियो ।

ड्युटीकै क्रममा हत्या गरिएका विकका आफन्तले घटनाबारे सत्यतथ्य पत्ता नलागेसम्म शव नबुझ्ने अडान राखेका छन् ।

विकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । ड्युटीकै क्रममा बेपत्ता भएका प्रहरी जवान रामसिंह साउदको अवस्था भने थाहा हुन सकेको छैन ।

साउदको एउटा जुत्ता र फुटेको अवस्थामा मोबाइल फेला परे पनि अवस्था पत्ता लाग्न सकेको छैन । उहाँको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?