दार्चुला । बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टमाथि कुटपिट गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ५ का स्थानीय अर्जुन मडै र भरत मडै रहेका छन्।
दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धानका गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
असोज २८ गते साझ गाउँपालिकाको केन्द्रको विषयमा भएको विवादमा गाउँपालिका अध्यक्ष विष्ट लगायत १४ जनामाथि आक्रमण भएको थियो । झडपमा परी अध्यक्ष बिष्टसहित ५ जना प्रहरी, ६ जना संघर्षरत पक्ष, ३ जना अध्यक्षसँग रहेका व्यक्ति गरेर १४ जना घाइते भएका थिए।




