अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ । झण्डै ६० घण्टादेखि वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो ।
बेपत्ता भएदेखि उनको खोजि कार्य प्रहरीले जारी राखेको थियो । प्रहरीका अनुसार साउदको शव मोहना नदीमा असई बिकको शव भेटिएको ठाउ भन्दा झण्डै ३ सय मिटर टाढा भेटिएको छ । उहाँको शव नदीबाट निकाल्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान साउद वेपत्ता भएका थिए ।
असई बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो ।
सलियापार र बनकट्टीको घाटको बीचमा असइ बिकको शव फेला परेको थियो । प्रहरी जवानको साउँदको शव भने बिकको शव फेला परेको स्थानबाट दुई सय मिटर माथि नदीमै फेला परेको हो ।
प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ । संलग्न मध्ये केही अझै भागिरहेकाले खोजी तिव्र पारिएको छ ।
प्रहरीले पक्राउ गरेका व्यक्तिहरुले धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज असई गोविन्द बिक र प्रहरी जवान राम बहादुर साउँदको हत्या गरेको स्वीकार गरेका छन् ।
उनीहरुले फरुवाले आक्रमण गरी दुबै जनाको हत्या गरेको स्वीकार गरेका छन् ।
दुबै जनालाई हत्या गरी मोहना नदीमा फालेको समेत उनीहरुले स्वीकार गरेका छन् ।
प्रहरीले पक्राउ गरेका १६ जना मध्ये ६ जनाले घट्नामा आफ्नो संलग्नता भएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया