आईपीएल : आज दिल्ली  र पन्जाबबीच प्रतिस्पर्धा हुदै

दार्चुला । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज (मंगलबार) दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबईमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र पन्जाब आफ्नो दशौँ खेलका लागि मैदान उत्रन लागेका हुन् । दिल्ली र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्ली आठौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली शीर्ष स्थानमा रहेको छ ।

श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली पन्जाबलाई हराएर शीर्ष स्थान यथावत राख्न चाहन्छ ।

दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ । तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन् । दिल्लीले सन्दीपलाई अघिल्ला ९ खेलमा बेञ्चमा राखेको थियो ।

बलियो टिम पन्जाबविरुद्ध समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ ।

तर, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबविरुद्ध जित निकाल्न दिल्लीलाई कठिन भने हुनेछ ।

दिल्लीलाई हराएर पन्जाब पनि चौंथो जितको रहेको छ । पन्जाब ९ खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्ले अफको सम्भावना जीवितै राख्न पन्जाबलाई जितको विकल्प छैन ।

यस्तै पन्जाब दिल्लीविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।

सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।

पन्जाबले राहुलसँगै मायांक अग्रवाल, निकोलस पुरन, क्रिस गेल, ग्लेन म्याक्स्वेल, क्रिस जोर्डन, मोहम्मद शामी, सेल्डोन कोट्रेल जस्ता खेलाडी मैदान उतार्ने छन् ।

दिल्लीसँग पृथ्वी श, शिखर धवन, श्रेयस आयर, मार्कुस स्टोनिस, अक्षर पटेल, कागिसो राबडा जस्ता खेलाडीको साथ रहने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?