१.
तिम्रो खुट्टा तान्ने रित छ,मैलेँ बुझेको छु
त्यसरी नै जीवन बित्छ,मैलेँ बुझेको छु
यसकारण मुर्ख सँग संवाद गर्दिन म
मौनता मै मेरो जित छ,मैलेँ बुझेको छु ।
२.
हुनै पर्ने अलग अलग,पक्का भइसक्यो
तिम्रो अन्तै प्रेमको जग,पक्का भइसक्यो
प्यारी मान्छे तिम्रो जीवन हाँसीखुसी बितोस
मेरो बर्बादी त लगभग पक्का भइसक्यो ।
३.
खुल्ला आकाशमा उड्ने रहर लाग्छ
चाहनाले कहाँ पुर्याउने हो ? डर लाग्छ
कोहि भन्छन् जिन्दगी तेरो जस्तो होस्
तर मलाई अरुकै जिन्दगी सुन्दर लाग्छ।
– दिनेश धामी बझाङ




