आईपीएल: दिल्लीविरुद्ध पन्जाब ५ विकेटले विजयी

दार्चुला । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ ।

दुुबईमा भएको खेलमा पञ्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्लीलाई हराएको हो । दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितसँगै पञ्जाबले १० खेलमा ८ अंक जोडेर तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । दिल्ली १० खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?