दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्थाका प्रमुखबीचको भेटलाई आपत्तिजनक बताउनुभएको छ ।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति स्वाधिनता र नेकपाको विचार नीति र घोषणाको विपरीत प्रधानमन्त्री र रअ प्रमुख सामन्तकुमार गोयलबीच भेट भएको बताउनुभएको हो ।

रअ प्रमुखसँग प्रधानमन्त्रीको जसरी भेट गराइयो त्यो आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको नेता रावलको ठहर छ ।

रअ प्रमुख गोयल बुधबार दिउँसो विशेष विमानमार्फत काठमाण्डौ ओर्लिनुभएको थियो । उहाँ बिहीबार बिहान भारत फर्किनुभएको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?