दार्चुला । पछिल्लो २४ घण्टामा तीन हजार छ सय ३७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १५ हजार दुई सय ५५ नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ४८ हजार पाँन सय नौ पुगेको छ । संक्रमित मध्ये आठ सय १२ जनाको मृत्यु भएको छ भने एक लाख दुई हजार आठ सय २० जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र तीन हजार दुई सय १५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




