भारतले एकपक्षीय रुपमा वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव

दार्चुला । भारतले एकपक्षीय रुपमा वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव उत्पन्न भएको छ ।

दुई देशको सीमामा रहेको रक्सौल कस्टमले बिहान ६ बजेदेखि नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा तनाव उत्पन्न भएको हो ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि गएको चैत ११ गतेदेखि बिना अनुमति सर्वसाधारलाई नेपाल भित्रिन रोक लगाइएकामा भारतीय पक्षले नाका खोलेपछि भारतबाट नेपाल भित्रिन ठूलो सङ्ख्यामा सर्वसाधारण सीमाक्षेत्रमा जम्मा भएका छन् ।

निजी गाडीमा सवार सयौँ व्यक्ति वीरगञ्जको मितेरी पुलमा जम्मा भएपछि उनीहरुलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले आउँदो ३० गतेसम्म सीमा नाकाबाट आवागमन बन्द राखिने नेपाल सरकारको निर्माण भएकाले त्यसको कार्यान्वयन हुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?