दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेको मालिकार्जुन माद्यमिक विद्यालय मिलमीलीमा प्राविधिक कार्यक्रम अन्तरगत जेटिएका प्रशिक्षक एबं प्राविधिक धारका संयोजक भुवन प्रसाद पन्तमाथि आफ्नै विद्यार्थीहरुलाई यौन दुराचार गरेको आरोप लागेपछि विद्यालयले गम्भीर ध्यानआकर्षण भएको जनाएको छ ।
२०७७ साल कार्तिक ७ गते माबि मिलमिलीको विद्यालय व्यवस्थापन समितिको बैठक बसी २०७७ कार्तिक ६ गते विभिन्न सञ्चारमाध्यममा विद्यालयका प्राविधिक धारका संयोजक भुवन प्रसाद पन्तले यौन दुराचारका घटनाहरु गरेको तथा कार्तिक ५ गतेको मिति राखि अनेरास्ववियु शैल्यशिखर नगर कमिटिले विद्यालयलाई समेत बोधार्थ राखि पीडित पक्षको नाम समेत नखुलाई प्रेस विज्ञप्ती प्रकाशित गरेकोमा विद्यालयको गम्भीर ध्यानआकर्षण भएको निर्णय गरेको छ ।
दोषीमाथि आवश्यक कारवाही गर्न विद्यालय तयार रहेको उल्लेख गर्दै अनावश्यक रुपमा यो घटना कपोल्कल्पीत भइ विद्यालयलाई असर पर्न गएमा विज्ञप्ती निकाल्ने पक्षले जिम्मेवारी लिनुपर्ने निर्णय व्यवस्थापन समितिले गरेको छ । विज्ञप्तीमा पीडित पक्षको नाम नखुलाएको भन्दै यौन दुराचार भएको छात्राको नाम किटानीका लागि अनेरास्ववियुलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।
यस्तै अनेरास्ववियुको विज्ञप्ती माथि छलफल गर्दै सत्यतथ्य छानविनका लागि छानविन समिति गठन गरिएको छ । गोपाल सिह धामीको संयोजकत्वमा गठित छानविन समितिमा दामोदर सिह धामी, जगदिश सिह धामी, दिपक राज बिष्ट र अनिता रावत सदस्य रहेका छन् ।
यो छानविन समितिले दिएको प्रतिवेदनका आधारमा निज माथि आजको मिति २०७७ कार्तिक ७ गतेदेखि प्राविधिक धारका संयोजक भुवन प्रसाद पन्तलाई पुन छानविन समितिले दिएको प्रतिवेदनको आधारमा व्यवस्थापन समितिले आवश्यक कारवाही गर्ने निर्णय पारित गरिएको छ ।
हेर्नुहोस माबि मिलमिलीको व्यवस्थापन समिति बैठकले गरेको निर्णयहरु






