गाउँपालिका केन्द्रको विषयमा विवाद हुँदा गाउँपालिकामा लगाइएको ताला अझै खुलेन

बैतडीको सुर्नया गाउँपालिकामा केन्द्रको बारेमा विवाद हुँदा लगाएको ताला अझै खुलेको छैन । गएको असोज २६ गतेदेखि वडा नं ५ का स्थानीयहरुले  गाउँपालिकाको केन्द्र कठेगौडमा हुनुपर्ने मागसहित सङ्घर्ष समिति नै गठन गरेर तालाबन्दी गरेका थिए ।

गएको वर्ष गाउँपालिकाले वडा नं ५ कै पविता केन्द्र बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका स्थानीयले गाउँपालिकामा तालाबन्दी गरेका हुन् ।

असन्तुष्ट पक्षले लगाएको ताला मुचुल्का बनाएर खोल्ने क्रममा गएको असोज २८ गते गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि नै कुटपिट भएपछि गाउँपालिकाका सबै कामकाज प्रभावित भएको प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाले जानकारी दिनुभयो । त्यस दिन भएको विवादमा गाउँपालिका अध्यक्षसहित १४ जना घाइते भएका थिए ।

दशैँलगत्तै असन्तुष्ट पक्षसँग बसी छलफल गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत ओझाले बताउनुभयो । यसरी लामो समयसम्म गाउँपालिकामा तालाबन्दी भएपछि सेवाग्राही समस्यामा परेका छन् ।

पालिकामा तालाबन्दी हुँदा गाउँपालिकाबाट प्राप्त हुने सेवा पाउन सकस भएको स्थानीयहरुले बताएका छन् । गाउँपालिकाको केन्द्र कसैले पबिता भन्ने ठाउँ उपयुक्त हुने तर्क गरिरहेका छन् भने कसैले पहिलेकै ठाउँमा केन्द्र उपयुक्त हुने बताइरहेका छन् ।

यसरी पालिकाको केन्द्रको विवादलाई लिएर जनप्रतिनिधिमाथि नै आक्रमण भएपछि आफूहरुलाई असुरक्षा महसुस भएको जनप्रतिनिधिहरुले बताएका छन् ।

हरेक समस्या र विवादलाई छलफलबाट समाधान गर्नुको सट्टा उल्टै ढुङ्गामुढा नै गरेपछि अब त्यो ठाउँमा जान मुस्किल भएको वडा नं १ का वडाध्यक्ष गजेन्द्रबहादुर चन्दले बताउनुभयो । आफूहरुको सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म त्यो ठाउँमा जान नसकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?