दार्चुलाको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य मान बहादुर धामी सन्तोषले कोरोना जित्नु भएको छ । कोरोना संक्रमण पुष्टि भएको १३ दिन पछि गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएको प्रदेश सभा सदस्य धामीले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि भएपछि १३ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नु भएका प्रदेश सभा सदस्य धामीको पीसीआर रिपोर्ट नेभेटिभ आएको हो । खानपानमा ध्यान दिनुका साथै नियमित आराम र उच्च आत्मबलको कारण आफुले कोरोना जितेको उहाँको अनुभव छ ।

प्रदेश सभा सदस्य धामीलाई कैलालीमा संक्रमण पुष्टि भएको थियो । दार्चुलामा हालसम्म २५६ जनामा संक्रमण पुष्टि भएकोमा १०४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

दार्चुलाको महाकाली नगरपालिकामा सबैभन्दा बढी संक्रमण फैलिएको छ । कारागार, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीय गरी नगरपालिकामा १६४ जना संक्रमित भएर ९२ जना संक्रिय संक्रमित रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ३ सय नाघेको छ । संक्रमण पुष्टि भएका मध्ये ७ हजार ४ सय ८३ जनाले कोरोना जितेका छन् भने ३० जनाको मृत्यु भएको छ । दार्चुलाका दुई जना पुरुषको जिल्ला बाहिर उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालभरी संक्रमितको संख्या डेढ लाख नाघेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?