कैलालीका ९२ सहित सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ३२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ११ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १४, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ४ र जिल्ला अस्पताल बझाङ प्रयोगशालामा थप ३ जनामा पनि संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

सेती प्रादेशिक अस्पतालमा ६ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ११ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार सबैभन्दा धेरै धनगढी उपमहानगरपालिका ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ५ सय ६१  पुगेको छ।  संक्रमित मध्ये ७ हजार ५ सय बढिले कोरोना जितेका छन् भने ३० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?